शून्य
Romanized: shunya, shuny, suny, shoonya
गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो ।
२.
मानिसको बस्ती, हलचल आदि नभएको; सुनसान; निर्जन; एकान्त।
३.
भौतिक रूप वा आकार नभएको; निराकार।
४.
वास्तविकता वा अस्तित्व नभएको।
५.
नभएको; रहित (समस्त पदका अन्तमा, जस्तो- ज्ञानशून्य, भावशून्य इ.)।
६.
(नाम)
खाली ठाउँ; आकाश अन्तरिक्ष।
७.
गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; बिन्दु (.)।
८.
विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।
९.
हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र।
१०.
केही पनि नहुने कुरो वा स्थिति; अभाव; अवास्तविकता।
११.
ब्रह्म।