सङ्गत
Romanized: sanggata, sanggat, shanggata, sangat
साथसाथै आएको; जोरिएको; मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साथसाथै आएको; जोरिएको; मिलेको।
२.
एकत्र भएको; संयोजित, सञ्चित।
३.
मिल्ने पाराको; सुहाउँदो; उचित।
४.
(नाम)
परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास।
५.
ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ।