समापवर्तन
Romanized: samaapavartana, samaapavartan, samaapawartana, samapavartan
समापवर्तन (samaapavartana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
समापवर्तन(१)
(नाम [संस्कृत])
१..
प्राचीन हिन्दु परम्पराअनुसार ब्रह्मचर्याश्रममा रही वेदवेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्याश्रमबाट गृहस्थाश्रममा फर्कने क्रिया; द्विजातिका षोडश संस्कारमध्ये एक।
२..
गएको ठाउँबाट फर्केर आउने क्रिया; पुनरागमन; प्रत्यागमन।
३..
विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह।
समापवर्तन(२)
(नाम [संस्कृत])
1.
गणितमा समापवर्तक निकाल्ने क्रिया-प्रक्रिया।