समावर्तन
Romanized: samaavartana, samaavartan, samaawartana, samavartan
गएको ठाउँबाट फर्केर आउने काम; फिर्ती; पुनरागमन; प्रत्यागमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गएको ठाउँबाट फर्केर आउने काम; फिर्ती; पुनरागमन; प्रत्यागमन।
२.
प्राचीन हिन्दुपरम्पराअनुसार ब्रह्मचर्य आश्रममा रही वेद, वेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्य आश्रमबाट गृहस्थाश्रममा फर्कने कार्य; द्विज जातिका षोडशसंस्कारमध्ये एक संस्कार।
३.
विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह।