सम्झनु
Romanized: shamjhanu, samjhanu
पहिले बितेका वा घटेका घटना वा कुराको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत सम्बुज्झ+नु]
१.
पहिले बितेका वा घटेका घटना वा कुराको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु।
२.
कुनै विषयवस्तु वा कुरो बुझ्नु ।
३.
ठान्नु।