सम्बोधन

Romanized: sambodhan, shambodhana, shambodhan, sambodhana

कसैलाई बोलाउने वा पुकार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई बोलाउने वा पुकार्ने काम।
२.
व्याकरणमा कसैले कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने एक विभक्ति (हे, ए आदि)।
३.
कुनै विशिष्ट व्यक्तिद्वारा कुनै सङ्घ, संस्थासँग सम्बन्धित वा सभा आदिमा उपस्थित जनसमुदाय समक्ष भाषण गर्ने काम।
४.
बिउँझाउने काम; सम्झाउने काम।

सम्बन्धित शब्दहरू