साटसुट

Romanized: saatasuta, saatasut, satasut, saatashuta

सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) सुट्+अ]

१.
सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम।
२.
अरूलाई थाहा नदिई सुटुक्क लिनेदिने काम।
३.
गुप्त किसिमको कुराकानी।
४.
(क्रियाविशेषण) गुप्त तवरले; चालै नपाई; सुटुक्क; लुकीछिपी।
५.
छिटछिटो काम टुङ्ग्याउने चालमा; झटपट ।

सम्बन्धित शब्दहरू