सिकार
Romanized: sikaara, sikaar, sikar, shikaara
सिकार (sikaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिकार(१)
(नाम)
1.
एकमाथि अर्को खप्टिएको जस्तो सिङ हुने एक मृग; जरायो।
सिकार(२)
(नाम [अरबी शिकार])
१..
मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट; ऐरो; मृगया।
२..
त्यसरी समातिएको वा मारिएको पशुपन्छी।
३..
खाने मासु।
४..
अरूको जालमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस ।