सिद्धान्त

Romanized: siddhaanta, siddhaant, siddhant, shiddhaanta

विचार, तर्क र अनुभवद्द्वारा स्थापित मत; प्रमाणित विचार शृङ्खला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विचार, तर्क र अनुभवद्द्वारा स्थापित मत; प्रमाणित विचार शृङ्खला।
२.
साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत।
३.
ऋषिमुनिहरूको मान्य उपदेश।
४.
निचोर कुरो; सारतत्त्व।
५.
कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य मत।
६.
निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्थ।
७.
साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम।

सम्बन्धित शब्दहरू