सुक्खा
Romanized: sukkhaa, sukkh, shukkhaa, shukkha
पानी वा ओसिलोपन नभएको; सुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत सुक्ख? संस्कृत शुष्क]
१.
पानी वा ओसिलोपन नभएको; सुकेको।
२.
घिउतेल आदि चिल्लो पदार्थ नपरेको; रूखा।
३.
पानी नभएको वा नलाग्ने (जमिन)।
४.
रगत सुकेको (शरीर)।
५.
(नाम)
बर्खायाममा पनि पानी नपरेको अवस्था; खडेरी।
६.
अनिकाल; अकाल; दुर्भिक्ष।