स्व

Romanized: sv, swa, sw, shva

निजी; आफ्नो; आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो- स्वदेश, स्वतन्त्र, स्वजन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निजी; आफ्नो; आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो- स्वदेश, स्वतन्त्र, स्वजन इ.)।
२.
आफैआफ हुने वा भएको (जस्तो- स्वचालित, स्वनियन्त्रित इ.)। प.
३.
(स.) केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप (जस्तो- निजस्व, परस्व, धर्मस्व, राजस्व इ.)।
४.
(नाम) दाजुभाइ; गोती; बन्धु।
५.
सम्बन्धी; ज्ञाति।
६.
(सर्वनाम) स्वयम्; आफैँ।

सम्बन्धित शब्दहरू