हल
Romanized: hal, hala
हल (hal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हल(१)
(नाम [संस्कृत])
१..
खेतबारी जोतिने काठे साधन वा फलामे यन्त्र; हलो।
२..
एउटा हलाले दिनभरि जोतिने जमिनको एकाइ (जस्तो- एक हलको जग्गा, एक हलको मेलो इ.)।
३..
एउटै हलामा नारिएका गोरुको जोडी।
४..
(विशेषण)
जोडा; युगल। (उदा.- ती दुई साथी एक हल भएका छन्)।
हल(२)
(नाम [अरबी])
1.
कुनै कठिन विषय, प्रश्न, समस्या आदिको समाधान; निराकरणको उपाय।
उदाहरण वाक्य
- ती दुई साथी एक हल भएका छन्