हार

Romanized: haara, haar, har, hara

हार (haara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हार(१)

(नाम [संस्कृत हारि])
१..
युद्ध, खेल, प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित; आफ्नो हराइ; पराजय।
२..
थाक्ने काम; थकाइ; शिथिलता।
३..
बाध्यता वा असमर्थताले निहुरनुपर्ने स्थिति; विवशता; लाचारी।

हार(२)

(नाम [संस्कृत])
१..
गलामा पहिरिने फूल, रत्न आदिको माला।
२..
बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री।
३..
लहर; पङ्क्ति; ताँती।
४..
(विशेषण) लाने वा ल्याउने।
५..
हरण गर्ने; चोर्ने।
६..
नाश गर्ने।

सम्बन्धित शब्दहरू