हार्नु
Romanized: haarnu, harnu
विपक्षीबाट पराजित हुनु; हार खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत हार+नु]
१.
विपक्षीबाट पराजित हुनु; हार खानु।
२.
लाचार वा निराश हुनु, आस नरहनु।
३.
खिन्न हुनु।
४.
(सकर्मक क्रिया)
कुनै खेल, बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु।