हावा
Romanized: haavaa, haava, havaa, haawaa
पृथ्वीको चारैतिर फैलिएको केही ग्याँस विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको, प्राणी, वनस्पति आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हवा]
1
पृथ्वीको चारैतिर फैलिएको केही ग्याँस विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको, प्राणी, वनस्पति आदिको जीवनका लागि सास फेर्न चाहिने, अदृश्य तर निरन्तर प्रवाहमान पदार्थ; पञ्चतत्त्वमध्ये एक; वायु; बतास।