हाहा
Romanized: haahaa, haaha, hahaa, haah
चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्कने आवाज; चर्को हाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हा (द्वि.)]
१.
चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्कने आवाज; चर्को हाँसो।
२.
अरू कसैको निन्दा वा उपहास।
३.
धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार।
४.
ठुलो चोट; ज्यादै कष्ट; विपत्ति।
५.
अत्त्याउने वा आत्तिने काम; डोहो; आच्छुआच्छु।
६.
चराचुरुङ्गी आदिलाई धपाउने काम।
७.
कुनै अभद्र काम नगर्न सम्झाउने शब्द।
८.
अर्काको भनाइमा विना-सोचविचार लाग्ने काम; बहकाउ; लहैलहै।