अज्ञान
Romanized: ajnyaana, ajnyaan, ajnyana, ajnyan
ज्ञान वा बोध नहुने क्रिया, भाव वा स्थिति; ज्ञानको अभाव; ज्ञानको कमी; जानकारीको कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ज्ञान वा बोध नहुने क्रिया, भाव वा स्थिति; ज्ञानको अभाव; ज्ञानको कमी; जानकारीको कमी।
२.
असलखराबको छ्यानविचार गर्ने क्षमता जागृत नरहेको स्थिति; आन्तरिक चेतना जागृत नभएको अवस्था।
३.
मूर्खता।
४.
अविद्या, माया वा मोह जसले गर्दा जीवले परब्रह्मसँग आफ्नो भिन्नता अनुभव गरी मिथ्या जगत्लाई वास्तविक ठानेको हुन्छ र त्यो हटेपछि मात्र जीव ब्रह्मसँग आफ्नो अभेदको अनुभव गर्न र मुक्त हुन सक्छ भनिन्छ।
५.
(विशेषण)
ज्ञान नभएको; अजान; मूर्ख।