अणुबम
Romanized: anubam, anubama
विस्फोटक शक्ति भएका अणुहरूको नाभि (प्लुटोनियम र युरेनियम) को विच्छेदबाट पैदा हुने र प्रयोग गर्दा न्युट्रनबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विस्फोटक शक्ति भएका अणुहरूको नाभि (प्लुटोनियम र युरेनियम) को विच्छेदबाट पैदा हुने र प्रयोग गर्दा न्युट्रनबाट आणविक ऊर्जा निस्कने संहारकारी बम; अणुबाट बनाइएको, प्रहार गर्दा आफ्नो परिधिभित्रका समस्त वस्तुहरूलाई भस्म पार्ने र विकिरणले प्राणीहरूलाई अङ्गभङ्ग तुल्याउने बम।