अणु
Romanized: anu
कुनै पनि तत्त्वको साह्रै सानो र परमाणुभन्दा ठुलो तथा विशेष यन्त्रको सहायताविना देख्न, खण्डित गर्न वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि तत्त्वको साह्रै सानो र परमाणुभन्दा ठुलो तथा विशेष यन्त्रको सहायताविना देख्न, खण्डित गर्न वा टुक्र्याउन नसकिने, रासायनिक संयोजनमा रहेको खण्ड वा टुक्रा। (यो परमाणुहरू मिलेर बनेको हुन्छ जसको सङ्ख्या र सजावटद्द्वारा कुनै पनि पदार्थ अन्य पदार्थभन्दा भिन्न हुन्छ।)।
२.
बमको केन्द्र भएर रहेको, सृजनात्मक वा ध्वंसात्मक शक्तिका रूपमा परिणत हुने सूक्ष्म कण।
३.
आँखीझ्यालभित्र पसेको प्रकाशमा उडेको देखिने छ परमाणुजत्रो धुलाको सानो कण।
४.
स्वतन्त्र अवस्थामा रहन सक्ने र पदार्थमा रहेका गुणहरूलाई सुरक्षित राख्न सक्ने पदार्थको अति सानो कण वा मात्रा।