अण्ड

Romanized: and, anda

पोथी जीवजन्तुद्वारा उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा अन्तर्निहित प्रजननशील पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोथी जीवजन्तुद्वारा उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा अन्तर्निहित प्रजननशील पदार्थ।
२.
चराचुरुङ्गी आदिले पार्ने प्रजननशील पदार्थ भएको डिम्ब र त्यसलाई बेर्ने जालोसमेत धारण गर्ने गोलो लाम्चो खोस्टोसमेत भएको वस्तु; अन्डा; डिम्ब; डिम्बा; फुल।
३.
वीर्य; शुक्र।
४.
जीवजन्तुको भाले जातिको जननेन्द्रियका फेदमा झुन्डिएका छालाका थैलाभित्रका दुई बाटुला गेडा; आँडा; अण्डकोश।
५.
ब्रह्माण्ड; विश्व।

सम्बन्धित शब्दहरू