अधिकारी

Romanized: adhikaari, adhikaaree, adhikaree, adhikarii

कुनै अड्डा, सङ्गठित संस्था वा निकायको अधिकार पाएको व्यक्ति; पदाधिकारी; अधिकृत (जस्तो- भूमिसुधार अधिकारी,… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै अड्डा, सङ्गठित संस्था वा निकायको अधिकार पाएको व्यक्ति; पदाधिकारी; अधिकृत (जस्तो- भूमिसुधार अधिकारी, जिल्ला शिक्षा अधिकारी इ.); हाकिम; अफिसर।
२.
स्वामी; मालिक।
३.
कुनै कुरामा राम्रो दखल भएको व्यक्ति। (उदा.- म यस विषयको अधिकारी होइन।)
४.
पूर्वीय प्राचीन परम्पराअनुसार कुनै पनि शास्त्रको थालनीमा सो शास्त्र पढ्न उपयुक्त पात्र ठहऱ्याइएको व्यक्ति; शास्त्रका आरम्भमा बताइने अनुबन्ध चतुष्टय (विषय, सम्बन्ध, अधिकारी र प्रयोजन) मध्ये एक।
५.
नेपालका थारू, दनुवार, बाहुन, छेत्री आदिको एक थर।

उदाहरण वाक्य

  • म यस विषयको अधिकारी होइन।

सम्बन्धित शब्दहरू