अनियमितता

Romanized: aniyamitataa, aniyamitat, aniyamitata

नियमअन्तर्गत नपर्नाको भाव वा अवस्था; नियमितताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नियमअन्तर्गत नपर्नाको भाव वा अवस्था; नियमितताको अभाव।
२.
व्यवस्थितताको अभाव; अव्यवस्थितता।
३.
कुनै खास तरिका वा प्रक्रिया नतोकिएको स्थिति।
४.
ऐनकानुन र रुल नियमको पालना नभएको स्थिति।
५.
निर्धारित नियम र प्रक्रिया नपुऱ्याई खर्चबर्च आदि गर्दा हुन आउने दोष।

सम्बन्धित शब्दहरू