अनुकूलन

Romanized: anukulan, anukoolana, anukoolan, anukuulan

कुनै कुरालाई आफ्नो अनुकूल तुल्याउने काम वा गुण। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुरालाई आफ्नो अनुकूल तुल्याउने काम वा गुण।
२.
आफूलाई कुनै परिस्थिति वा कुनै कुराको अनुकूल तुल्याउने काम वा गुण।
३.
कुनै वस्तुबाट वा कसैबाट कुनै कुरा लिई त्यसमा काटछाँट र थपघट गरी आफ्नो अनुकूल तुल्याउने काम वा गुण। (उदा.- माध्यमिककालीन नेपाली लेखकहरूले प्राचीन आख्यानहरूको अनुकूलन गरेका छन्।)।
४.
आफूलाई वातावरण वा वायुमण्डलअनुरूप ढाली त्यसै अनुकूल जिउने र विकसित हुने जैविक गुण, शक्ति, प्रक्रिया वा कार्य (उदा.- वनस्पति र जीवजन्तुमा अनुकूलन गर्ने क्षमता अन्तर्निहित रहेको छ।)।

उदाहरण वाक्य

  • माध्यमिककालीन नेपाली लेखकहरूले प्राचीन आख्यानहरूको अनुकूलन गरेका छन्।

सम्बन्धित शब्दहरू