अनुकलन
Romanized: anukalan, anukalana
कुनै बेहोराको अभिलेख राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै बेहोराको अभिलेख राख्ने काम।
२.
कुनै हिसाबकिताबको विवरण राख्ने काम।
३.
अरूका कुनै कुरा लिएर त्यसलाई आफ्नो अनुकूल बनाई ग्रहण गर्ने काम।
४.
सम्भावनामा विचार पुऱ्याउँदै भावी कार्यका सम्बन्धमा अनुमान वा कल्पनाको सहायताले कुनै विचार, व्यय आदि निर्धारण गर्ने काम; अन्दाज; आकलन।