अनुशीलन
Romanized: anushilana, anushilan, anusilan, anusheelana
कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम।
२.
कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्गउपाङ्ग केलाई ज्यादै सूक्ष्म दृष्टिले विश्लेषणविवेचन गर्ने काम; त्यस्तो सूक्ष्म किसिमले गरिएको विश्लेषण र विवेचना।
३.
कुनै ग्रन्थ वा विषयको बारम्बार अध्ययन तथा अभ्यास गरी सूक्ष्मातिसूक्ष्म जानकारी प्राप्त गर्ने काम; चिन्तन; मनन; निरूपण; अध्ययन; आलोचना।