अनुदार

Romanized: anudaara, anudaar, anudar, anudara

उदार नभएको; अरूका उपर दयाको भावना नराख्ने र अरूको भलो होस् भन्ने नचिताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उदार नभएको; अरूका उपर दयाको भावना नराख्ने र अरूको भलो होस् भन्ने नचिताउने।
२.
कडा वा सङ्कुचित हृदय भएको।
३.
पारिवारिक सुखसुविधा र सामाजिक हितका अत्यावश्यक कार्यमा मन फुकाएर खर्चबर्च नगर्ने; कृपण; कन्जुस।
४.
प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने र त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोधसमेत गर्ने; सङ्कीर्ण विचारधारा भएको; पुरातनपन्थी; रूढिवादी।

सम्बन्धित शब्दहरू