अनुपात

Romanized: anupaata, anupaat, anupat, anupata

सापेक्षता; दूँजाइ वा दाँजो; तुलनात्मकता (उदा.- पढाइको अनुपातमा लेखाइमा बढी प्रतिभा चाहिन्छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सापेक्षता; दूँजाइ वा दाँजो; तुलनात्मकता (उदा.- पढाइको अनुपातमा लेखाइमा बढी प्रतिभा चाहिन्छ।)।
२.
कुनै खास तुलनात्मक वा सापेक्ष मापन, मानाङ्कन र मूल्याङ्कनका क्रममा हुन आउने मात्रा, भाग वा अंश (उदा.- यस व्यवसायमा रामले रु २५,००० र श्यामले २०,००० लगानी गरेकाले सोही अनुपातमा यसको नाफानोक्सान पनि तिनीहरूले बेहोर्ने भएका छन्।)।
३.
समान आयाम भएका कुनै दुई मान, मूल्य वा सङ्ख्याको मान, मूल्य वा सङ्ख्या एकअर्कासँग कति पटक गुणा वा भाग जान सक्छन् भन्ने हिसाबले निर्धारित हुने र सिङ्गो सङ्ख्या वा भिन्नका रूपमा पनि प्रकट हुन सक्ने परस्परसापेक्ष मात्रात्मक सम्बन्ध। (जस्तो - ३ र ४ मा त्यही अनुपात छ, जुन १२ र १६ वा २४ वा ३२ मा छ, ३ र ४ को अनुपातलाई गणितात्मक भाषामा ३:४ वा ३/४ भनी लेख्न सकिन्छ।)।
४.
प्रमाण र इच्छाका सापेक्ष मात्रागत सम्बन्धअनुरूप प्रमाणफल र इच्छाफलको सम्बन्धमा निर्धारित हुने त्रैराशिक वा पञ्चराशिक क्रिया।
५.
कुनै काष्ठादि वा रसादि औषधी तयार गर्दा प्रयोग गरिने विभिन्न वस्तुको परस्परसापेक्ष मात्रा; अंश; भाग; भागबाँडो।

उदाहरण वाक्य

  • पढाइको अनुपातमा लेखाइमा बढी प्रतिभा चाहिन्छ।

सम्बन्धित शब्दहरू