अन्त
Romanized: ant, anta
अन्त (ant) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अन्त(१)
(नाम [संस्कृत])
१..
कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो।
२..
कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद ।
३..
कुनै कामकुरा खत्तम हुनाको भाव वा अवस्था; समाप्ति; नाश।
४..
कुनै प्राणीको जीवनको समाप्ति; मरण; मृत्यु; देहावसान।
५..
कुनै कामकुराको आखिरी नतिजा वा अन्तिम परिणाम।
६..
कुनै वस्तु, व्यक्ति, तत्त्व वा कामकुराबारेको यो यस्तो हो भन्ने रहस्य; वास्तविक तत्त्व वा भेद।
अन्त(२)
(क्रियाविशेषण [प्राकृत अण्णत्र८ संस्कृत अन्यत्र])
1.
वक्ताअनुसार जुन ठाउँको प्रसङ्ग छ त्यसभन्दा बाहेकको ठाउँमा; अरू ठाउँमा; अन्य स्थानमा; अन्यत्र।
अन्त(३)
(क्रियाविशेषण [अनि+त])
1.
कुराका सिलसिलामा कसैको कुनै प्रसङ्ग वा कुरापछि अरू के कस्तो भयो भन्ने अतिरिक्त जिज्ञासा जनाउँदा दोस्रो वक्ताद्वारा प्रयोग गरिने शब्द; त्यसपछि; त्यसका अतिरिक्त। (उदा.- तिमीले रामलाई भेट्टायौ, अन्त के भयो?)
उदाहरण वाक्य
- तिमीले रामलाई भेट्टायौ, अन्त के भयो?