अन्तःप्रेरणा

Romanized: antahpreranaa, antahpreran, antapreranaa, antaprerana

कुनै कामकुराबारे मनमा आफैंआफ उब्जेको प्रेरक भावना वा विचार; भित्रैदेखि मनमा पैदा भएको प्रेरणा वा प्रवृत्ति। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामकुराबारे मनमा आफैंआफ उब्जेको प्रेरक भावना वा विचार; भित्रैदेखि मनमा पैदा भएको प्रेरणा वा प्रवृत्ति।
२.
सहज वा स्वाभाविक रूपमा कुनै कामकुराबारे मनमा हुन आएको स्फुरण; बाहिरी कारणबाट प्रेरित नभई आन्तरिक रूपमा पैदा भएको प्रेरणा।
३.
मनोविज्ञानका अनुसार कुनै कामकुरा गर्न आन्तरिक रूपमा अनुभव गरिएको उद्दीपन; कुनै कामकुरामा प्रवृत्त हुन कसैलाई प्रेरित गर्ने आन्तरिक उद्दीपन; सहज प्रेरणा; स्वाभाविक प्रेरणा; आन्तरिक प्रेरणा (उदा.- यो काम कसैले लगाएर होइन, मैले आफ्नै अन्तःप्रेरणाले गरेको हुँ।)

उदाहरण वाक्य

  • यो काम कसैले लगाएर होइन, मैले आफ्नै अन्तःप्रेरणाले गरेको हुँ।

सम्बन्धित शब्दहरू