अन्तर्दृष्टि

Romanized: antardrishti, antardristi, antardrshti, antardrsti

कुनै कुरा देख्ने, पहिचान्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्ने वा गर्न सक्ने आन्तरिक शक्ति; भित्री… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा देख्ने, पहिचान्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्ने वा गर्न सक्ने आन्तरिक शक्ति; भित्री दृष्टि।
२.
अन्तर्ज्ञान; स्फुरण।
३.
आन्तरिक चेतना; प्रज्ञा; भित्री ब्रह्म; ज्ञानचक्षुः नैसर्गिक विवेक। (उदा.- साहित्यकारहरूका अन्तर्दृष्टिबाट जीवन र जगत्का नयाँ नयाँ सत्य उद्घाटित हुन्छन्।)

उदाहरण वाक्य

  • साहित्यकारहरूका अन्तर्दृष्टिबाट जीवन र जगत्का नयाँ नयाँ सत्य उद्घाटित हुन्छन्।

सम्बन्धित शब्दहरू