दृष्टि

Romanized: drishti, dristi, drshti, drsti

हेरेर ज्ञान प्राप्त गरिने वा जानिने-बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हेरेर ज्ञान प्राप्त गरिने वा जानिने-बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन।
२.
हेर्ने इन्द्रिय; आँखा; नयन; नेत्र।
३.
कुनै काम वा व्यवहारप्रतिको सोद्देश्य विचार वा राय।
४.
कुनै कुरा पाउने लालसाले हेर्ने काम; लोलुप हेराइ।
५.
लोकधारणाअनुसार बोक्सीविद्या जानेका आइमाईको र डाइनी आदिको हेराइ; कुदृष्टि ।
६.
दृष्टिबन्धक; दृष्टिबन्धकी (तमसुक)।
७.
वास्तु वा मूर्तिकलाका अनुसार सात मात्रा बराबरको नाप; सात अङ्गुल बराबरको नाप।

सम्बन्धित शब्दहरू