अन्तर्धारा
Romanized: antardhaaraa, antardhaara, antardharaa, antardhaar
नदी वा समुद्रको माथिल्लो सतहमा प्रकट नभई सतहभन्दा तल वा भित्रभित्रै बग्ने पानी आदिको प्रवाह, सोतो वा धारा। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदी वा समुद्रको माथिल्लो सतहमा प्रकट नभई सतहभन्दा तल वा भित्रभित्रै बग्ने पानी आदिको प्रवाह, सोतो वा धारा।
२.
कुनै समाज वा वर्ग आदिका भित्रभित्र फैलिएको तर समान्यतः बाहिरी रूपमा प्रकट नहुने खालको विचार वा धारणा आदिको प्रवाह।
३.
मूल धारा वा प्रवाहका भित्रभित्र सञ्चारित हुने भित्री धारा; आन्तरिक धारा; भित्री धारा; गौण धारा। (उदा.- मोतीरामयुगको मूल धारा शृङ्गार भए पनि अन्तर्धाराका रूपमा चाहिँ भक्तिको पनि अस्तित्व रहेको छ) विप. मूल धारा।
उदाहरण वाक्य
- मोतीरामयुगको मूल धारा शृङ्गार भए पनि अन्तर्धाराका रूपमा चाहिँ भक्तिको पनि अस्तित्व रहेको छ