अन्तर्विरोध
Romanized: antarvirodh, antarwirodha, antarwirodh, antarbirodha
भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा भिन्नता; बाह्य स्तरमा ठानिए, स्विकारिए वा देखिएभन्दा विपरीतको आन्तरिक धर्म वा स्वभाव।
२.
कुनै वस्तु, व्यक्ति र कुरामा आफैंभित्र आत्मविरोध हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था। (उदा.- उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो। अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन।)
उदाहरण वाक्य
- उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो। अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन।