अर्थ
Romanized: arth, artha
माने; मतलब, तात्पर्य; अभिप्राय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
माने; मतलब, तात्पर्य; अभिप्राय।
२.
शब्दबाट प्रकट हुने मानवहृदयको आशय; शब्दशक्ति।
३.
अभिधा, लक्षणा र व्यञ्जनाबाट बोध हुने तात्पर्य।
४.
हेतु; निमित्त; प्रयोजन।
५.
काम; इष्ट।
६.
इन्द्रियको विषय।
७.
धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये एक।
८.
धन; सम्पत्ति; ऐश्वर्य।
९.
विनिमयको माध्यम।
१०.
मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चाँदी आदि।
११.
मूल्य निर्धारित द्रव्य।