इला
Romanized: ilaa, il, ila
इला (ilaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
इला(१)
(नाम [संस्कृत])
1.
पृथिवी; भूमि।
इला(२)
(नाम)
1.
ऋग्वेदमा उल्लेख गरिएकी अन्नकी अधिष्ठातृ देवी (वैदिक वाङ्मयमा इलाले मनुलाई मार्ग देखाउने तथा पृथ्वीमा यज्ञलाई विधिवत् नियमन गर्ने देवी भनेर उल्लेख गरेको पाइन्छ। पुराणमा उल्लेख भएअनुसार बुधकी पत्नी तथा पुरुरवाकी माताको नाम इला हो)।