उदय
Romanized: uday, udaya
मास्तिर उठ्ने वा बढ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मास्तिर उठ्ने वा बढ्ने काम।
२.
उदाउने वा झुल्कने क्रिया।
३.
ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा आउने तथा देखिने अवस्था।
४.
प्रकट वा प्रत्यक्ष हुने काम।
५.
पद आदिमा हुने उन्नति; बनिबनाउ; दबदबा।
६.
उत्पत्तिस्थान; उद्गम।
७.
अधिकारप्राप्ति।