ऋतु

Romanized: ritu, rtu

प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय।
२.
प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त)।
३.
स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय।
४.
आइमाईको मासिक रजःस्रावका चार दिन।
५.
आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति।
६.
कुनै बोट बिरुवा आदिको फल्नेफुल्ने, उपयुक्त तथा निश्चित समय।

सम्बन्धित शब्दहरू