कच

Romanized: kacha, kach, kac, kaca

कच (kacha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कच(१)

(नाम [फारसी कज])
१..
लेखका बिचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक।
२..
एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बिचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा।

कच(२)

(नाम [संस्कृत])
१..
कपालको रौं; केश।
२..
एक पौराणिक चरित्र; वृहस्पतिको पुत्र।
३..
सुगन्धबाल (बुटी)।

सम्बन्धित शब्दहरू