कप
Romanized: kap, kapa
कप (kap) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कप(१)
(नाम [तुलना, तुलनीय संस्कृत क्षप् = फाल्नु, छेप्नु])
१..
मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम। (उदा.- उसले जम्मै मिठाई एकैपल्ट कप पार्यो।); क्वाप।
२..
(क्रियाविशेषण)
पच पारिएको; हडपिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको। (उदा.- उसले मेरो धन कप पारिदियो।)।
कप(२)
(नाम [अड्])
१..
चिया, दुध आदि खाइने एक प्रकारको कचौरा; प्याला।
२..
खेलकुद, नृत्य, गायन आदिको प्रतियोगितामा विजयीलाई पुरस्कारस्वरूप दिइने विशेष प्रकारका पात्रहरूमध्ये कुनै एक।
उदाहरण वाक्य
- उसले जम्मै मिठाई एकैपल्ट कप पार्यो।