करी

Romanized: karee, karii, kari

करी (karee) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

करी(१)

(क्रियाविशेषण [प्राने.])
1.
गरी।

करी(२)

(नाम [संस्कृत])
१..
गज; हात्ती; सुँडवाल।
२..
सूर्य।

करी(३)

(नाम [अङ्.])
१..
दही वा महीमा नुन र मसला मिलाई तिहुनका रूपमा तयार पारिएको झोल पदार्थ; बेसनको पिठो, दही, मही र गरम मसला मिलाई पकाएको तरकारी विशेष; कडी।
२..
रसदार तरकारी; तिहुन।

करी(४)

(विशेषण [संस्कृत कर+ई])
1.
कुनै काम गर्ने, बनाउने, तुल्याउने आदि अर्थ जनाउन शब्दको पछाडि आउने शब्दांश वा उपपद।

सम्बन्धित शब्दहरू