काजी

Romanized: kaaji, kaajee, kajee, kajii

माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद।
२.
निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद ।
३.
क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द।
४.
नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द।
४.
(विशेषण) कर्मशील; क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ.)।

सम्बन्धित शब्दहरू