कोंचाखीं
Romanized: komchaakhim, komchaakhin, konchaakhim, komchakhim
बायाँ हातले काखी च्यापी दायाँ हातका औंलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
१.
बायाँ हातले काखी च्यापी दायाँ हातका औंलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा। (नाट्येश्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाउने गरिन्छ)।
२.
पञ्चताल-वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल।