खुल्नु
Romanized: khulnu
खुला हुनु; उघ्रनु; फुस्कनु; फुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत खुड+नु]
१.
खुला हुनु; उघ्रनु; फुस्कनु; फुक्नु।
२.
बन्धनबाट मुक्त हुनु; फुक्का हुनु; छाडा हुनु।
३.
नयाँ विद्यालय, संस्था आदि सुरु हुनु।
४.
बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु।
५.
नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु।
६.
सुहाउनु।
७.
स्पष्ट देखिने हुनु; छर्लङ्गिनु ।
८.
अर्थ स्पष्ट हुनु।
८.
लुकेको रहस्य आदि थाहा हुनु।