गन्ध

Romanized: gandh, gandha

नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना।
२.
पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण।
३.
पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।
४.
थोरै मात्रा; सारै थोरै अंश; लेश।
५.
दुर्गन्ध; हरक।
६.
कुनै कुराको साह्रै मसिनु रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान।

सम्बन्धित शब्दहरू