गोटी
Romanized: gotee, gotii, goti
त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुटिका]
१.
त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा।
२.
माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला।
३.
पशुका घाँटीमा हुने एक किसिमको खटिरो वा रोग; फोको; गाँठो।
४.
सानो गोल मिलेको गेडो; गोली।