घर
Romanized: ghar, ghara
गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ; गृह; आलय; भवन; निकेतन; निवासस्थान; आवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ; गृह; आलय; भवन; निकेतन; निवासस्थान; आवास।
२.
खाना; कोठा (थर्की आदिको)।
३.
कुण्डलीमा ग्रहको आफ्ना राशिको स्थान।
४.
गृहस्थीको व्यवस्था; गृहस्थी।
५.
पतिगृह।