चतुर
Romanized: chatura, chatur, catur, catura
चतुर (chatura) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चतुर(१)
(नाम [संस्कृत])
१..
चारको सङ्ख्या।
२..
समास भएका शब्दमा चार भन्ने अर्थ बुझाउने पूर्वपद (चतुर्गण, चतुर्युग, चतुर्वर्ण इ.)।
चतुर(२)
(विशेषण [संस्कृत])
१..
चलाक; होसियार; बाठो; चनाखो; चतुरो; कुशल; मेधावी; सिपालु।
२..
फुर्तिलो; छिटोछरितो।
३..
सुन्दर; प्रिय।