जात
Romanized: jaata, jaat, jat, jata
जन्मेको; पैदा भएको; उत्पन्न (समासमा मात्र सीमित जस्तै- जातकर्म, स्नेहजात, प्रेमजात, सहजात इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जन्मेको; पैदा भएको; उत्पन्न (समासमा मात्र सीमित जस्तै- जातकर्म, स्नेहजात, प्रेमजात, सहजात इ.)।
२.
(नाम)
वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति वा वर्ग ।
३.
खाल; किसिम; प्रकार।
४.
जङ्गलमा उम्रने रुखहरूमध्ये सरकारले आफ्नो नियन्त्रणमा राखेका रुखको केही प्रकार; राम्रो जातको काठ।