जुर्नु
Romanized: jurnu
चाहिएको वा काम लाग्ने कुनै कुरा कतैबाट अकस्मात् आइलाग्नु; प्राप्त हुनु, भेटिनु; जोरजाम हुनु; विनाप्रयास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत जुट्+नु]
१.
चाहिएको वा काम लाग्ने कुनै कुरा कतैबाट अकस्मात् आइलाग्नु; प्राप्त हुनु, भेटिनु; जोरजाम हुनु; विनाप्रयास आइपर्नु।
२.
विवाहका लागि ज्योतिषशास्त्रअनुसार वरवधूको ग्रहनक्षत्र मिल्नु।
३.
कतै प्रस्थान गर्नका लागि वा कुनै शुभ कार्यका लागि साइत निस्कनु।