ज्ञ
Romanized: jnya, jny, jn, jna
ज्ञ (jnya) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ज्ञ(१)
(नाम)
१..
देवनागरी लिपिमा स्वतन्त्र रूपको मानिएको तर ज तथा ञको संयोगले संयुक्त बनेको व्यञ्जनवर्ण; गाँठोपारी ज्ञ; ज्ञानी ज्ञ।
२..
नेपाली भाषाको उच्चारणअनुसार 'ग्यँ'-का रूपमा उच्चरित हुने सोही वर्ण।
ज्ञ(२)
(विशेषण [संस्कृत])
1.
नामशब्दका पछिल्तिर लाग्दा तत्सम्बन्धी कुरा जान्ने भन्ने र विशेषण तथा उपसर्गका पछिल्तिर लाग्दा तिनीहरूको अर्थसमेत गाभेर जान्ने भन्ने अर्थ बुझाउने (शब्द); ज्ञाता (जस्तै- नाम शब्दका पछिल्तिर- गुणज्ञ, दोषज्ञ; विशेषणका पछिल्तिर- अल्पज्ञ, बहुज्ञ; उपसर्गका पछिल्तिर- अभिज्ञ, विज्ञ आदि)।